मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एनआरएनएको मतगणना अन्तिम चरणमा, अमेरिका क्षेत्रमा त्रिपाठी र पोखरेल विजयी

एनआरएनएको मतगणना अन्तिम चरणमा, अमेरिका क्षेत्रमा त्रिपाठी र पोखरेल विजयी


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा मतगणना अन्तिम चरणमा पुगेको छ । 
 
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको संयोजक (आरसी) पदमा राजन त्रिपाठी र उपसंयोजक (डिआरसी) पदमा राम सी. पोखरेल विजयी  भएका छन् । यस्तै, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी उमा कार्की थापा विजयी भएकी छन् । 
 
कूल २५ सय ७० प्रतिनिधिमध्ये २३ सय ४२ मत खसेको छ । जसमा अमेरिकाबाट २६१, युरोपबाट ९२०, मध्यपूर्वबाट ४७०, ओनेसियाबाट २१४, एसियाबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको थियो । 
 
अहिले मतगणना अन्तिम चरणमा पुगेको छ । ३०० मत गणना हुन बाँकी रहँदा अध्यक्षका प्रतिस्पर्धी कुमार पन्त र कुल आचार्यबीच झिनो मतको अन्तर छ ।