मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल र भारतका स्काउट गाइड फिलोसिपबीच छलफल

नेपाल र भारतका स्काउट गाइड फिलोसिपबीच छलफल


चितवन । भारत स्काउट एण्ड गाइड फिलोसिप दिल्लीबाट आएका प्रदीप शर्मा र अमृतकुमार डेलाई नेपाल स्काउट एण्ड गाइड फिलोसिप एवम् चितवन स्काउटले स्वागत गरेको छ । 
 
नेपाल स्काउट एण्ड गाइड फिलोसिप उपाध्यक्ष एवम् स्काउट चितवनका आयुक्त तीर्थराज न्यौपानेले उनीहरुलाई चितवनमा स्वागत गरेका हुन् ।
 
भारतीय स्काउट टोलीसँग जिल्ला प्रशासन कार्यालय र रत्ननगर नगरपालिकामा आगामी डिसेम्बर २७ देखि ३० अर्थात् पुस ११ देखि १४ गतेसम्म सौराहामा सार्कस्तरीय कार्यक्रम गर्ने सम्बन्धमा छलफलसमेत भएको थियो । 
 
भारतीय स्काउट टोलीसँगको छलफलपश्चात् पर्यटन वर्षको पूर्वसन्ध्यामा हुन लागेको स्काउटसम्बन्धी विविध कार्यक्रम सफल पार्न सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भारत स्काउट एण्ड गाइड फिलोसिपबाट करिब २०० प्रतिनिधिको सहभागिता रहने बताइएको छ । 
 
छलफल कार्यक्रममा चितवन स्काउटका सदस्य सचिव रामप्रसाद पोखरेल, मुक्तिनाथ ढकाल, दिनेश पाण्डे, स्थानीय आयुक्त रत्ननगर नगरपालिकाका बैकुण्ठ मरहठ्ठा, कालिका नगरपालिकाका चित्रबहादुर रायमाझीलगायतको सहभागिता रहेको थियो ।
 
नेपाल–भारतमैत्री विशेष स्काउट कार्यक्रममा नेपालबाट ५० जना स्काउटको सहभागिता रहने जिल्ला आयुक्त तीर्थराज न्यौपानेले जानकारी दिए ।