मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको समृद्धिमा चीनको सहयोग अपरिहार्य : अध्यक्ष तिमल्सिना

नेपालको समृद्धिमा चीनको सहयोग अपरिहार्य : अध्यक्ष तिमल्सिना


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य भएको बताएका छन् । 
 
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको शिष्टाचार भेटबारे जानकारी दिँदै अध्यक्ष तिमल्सिनाले नेपाल भ्रमण गरेकोमा नेपाली जनता खुशी भएको र भ्रमणका लागि आफूले धन्यवाद दिँदै समृद्धिमा सघाउन आग्रह गरेको बताए । अध्यक्ष तिमल्सिनाले संघीय संसद्का तर्फबाट राष्ट्रपति सीसँग होटल सोल्टीमा भेटवार्ता गरेका थिए । 
 
अध्यक्ष तिमिल्सिनाले नेपाललाई चीनको तर्फबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे । 
 
“नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनका विरुद्ध नेपालमा कुनै गतिविधि हुन दिँदैनौँ”, भेटका क्रममा उहाँले भन्नुभयो । त्यसैगरी चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा नेपाल साझेदार बन्न पाउँदा आभारी रहेको र परियोजनाको सफलताको शुभकामना व्यक्त गरे । 
 
राष्ट्रपति सीले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सफल बनाउन चीन सबै किसिमका सहयोग गर्न तयार रहेको बताए । “नेपालको संसद्को तर्फबाट यहाँ र सांसदहरूलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु”, राष्ट्रपति सीले भने ।