मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच द्विपक्षीय वार्ता

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच द्विपक्षीय वार्ता


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको  छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका दुई पक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ । 
 
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका हुन् । २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखको नेपाल भ्रमण भएको हो । राष्ट्रपति सीलाई विमानस्थलदेखि होटल सोल्टीसम्म भव्य स्वागत गरिएको थियो । 
 
उनी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गर्दैछिन् । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । तस्बिर -रासस