मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उदयपुरमा आमा छोरीको विभत्स हत्या

उदयपुरमा आमा छोरीको विभत्स हत्या


उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो । 
 
आज बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली जघनास्थल पुगेको थियो । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए ।
 
मृतकको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालीमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।