मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ड्यालसका गायक चापागाईले यसरी बसाए करिस्मालाई देउरालीमा

ड्यालसका गायक चापागाईले यसरी बसाए करिस्मालाई देउरालीमा


ड्यालस (अमेरिका) – अमेरिकाको ड्यालसमा बस्दै आएका गायक भीम चापागाईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । 
 
‘चट्ट बसम् देउरालीमा’ बोलको गीतको म्युजिक भिडियोमा महानायक राजेश हमाल र सदावहार नायीका करिस्मा मानन्धरको उत्कृष्ठ अभिनय रहेको छ । हमाल र मानन्धर लामो समयपछि एकसाथ म्युजिक भिडियोमा एकसाथ देखापरेका हुन् ।
 
गीतमा चापागाईलाई गायीका मेलिना राईले साथ दिएकी छिन् । गायक चापागाईले ड्यालसकै स्टुडियोमा गीत रेकर्डिङ गरेका हुन् । युटुबमा रिलिज गरिएको यो गीत एकसातामै १५ लाख पटक हेरिसकिएको छ । 
 
दीपक शर्माका शव्दमा गीतमा उनकै संगीत रहेको छ । देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन अच्युत बजागाइले गरेका हुन् ।
 
ड्यालसका स्थानीय गायक चापागाइ निकै मिठो स्वर भएका गायक हुन् । उनी स्थानीय कार्यक्रमहरूमा कला प्रस्तुत गरेर नेपाली समुदायलाइ मनोरञ्जन प्रदान गर्दै अएका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares