मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीको लगानीमा न्यूयोर्कमा खुल्यो वित्तिय संस्था

नेपालीको लगानीमा न्यूयोर्कमा खुल्यो वित्तिय संस्था


न्यूयोर्क (अमेरिका) – नेपालीमुलका व्यक्तिहरूको लगानी रहेको अमेरिकाको पहिलो वित्तिय संस्था एभरेस्ट फ़ेडरल क्रेडिट यूनीएन शुक्रबारबाट संचालनमा आएको छ। 
 
न्यूयोर्कमा मुख्य कार्यालय खोलेर संस्थाले औपचारिक रुपमा कारोवार सुरू गरेको हो । बचत र ऋण कारोबार गर्नेगरि यो वित्तिय संस्था संचालनमा आएको जनाइएको छ । 
 
अमेरिकामा रहेका तीनसय नेपाली मिलेर पाँच लाख डलर संकलन गरी यो क्रेडिट यूनियन खोलिएको हो। युनियनसँग बिभिन्न बचत योजना तथा पर्सनल ऋण, अटो ऋण लगायत योजना रहेको छ।