मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसको चियापानमा १५० युवा पार्टी प्रवेश

कांग्रेसको चियापानमा १५० युवा पार्टी प्रवेश


चितवन । नेपाली कांग्रेस रत्ननगर वडा समितिले विजयादशमी, शुभदीपावली, नेपाल सम्वत ११४० तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा १५० जना युवा कांग्रेसमा प्रवेश गरेका छन् ।
 
नवप्रवेशी युवालाई कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् । 
 
सो अवसरमा प्रमुख अतिथि यादवले वर्तमान प्रतिकूल समयमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसलाई आत्मसात् गर्दै पार्टी प्रवेश गर्ने युवालाई पार्टीले सम्मान दिने बताए ।
 
नेकपाको दुई तिहाइको सरकारले जनतामा कर आतंक मच्चाउने, फरक आस्था राख्नेमाथि श्रृंखलावद्ध आक्रमण गर्ने र निहीत स्वार्थमा रमाउने काम गरेकाले जनतामा निरासा बढेको उनले बताए । 
 
वडा सभापति कञ्चन चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रवक्ता नीता ढकाल, सहसचिव सूर्य अर्याल, नगरसभापति रुपनराज घिमिरे, वडा नं ७ का वडाध्यक्ष लालबहादुर भट्ट ‘राजन’, बासुदेव ढुंगाना, राममणि खनाललगायतले जनताको आशा र भरोसाको केन्द्र कांग्रेस भएको जिकिर गरे ।