मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बिदेशमा रहेका बौद्धिक ब्यक्ती खोज्दै नेपाल सरकार

बिदेशमा रहेका बौद्धिक ब्यक्ती खोज्दै नेपाल सरकार


शिकागो (अमेरिका)- बिदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालमा फर्काउने उद्धेश्यले सरकारले बिषेश पहल गरेको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको पहलमा शुरु गरिएको ब्रेन गेन ईनिसीयटिभ मार्फत बिदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालमा फर्काउन खोजिएको हो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आएका मन्त्री ज्ञवालीले अमेरिकामा रहेका बौद्धिकहरुको भेलालाई शिकागोमा सम्बोधन गर्दै बिजीआई अर्थात् ब्रेन गेन ईनिसीयटिभलाई अझै सकृय बनाएका छन् । आईतबार शिकागोमा अमेरिकाको बिभिन्न राज्यबाट भेला भएका बिभिन्न क्षेत्रका ज्ञाताहरुले नेपालमा यंहाको अनुभव र ज्ञान कसरी लैजान सकिन्छ भन्ने बिषयमा गहिरो छलफल चलाएका थिए ।
 
प्राध्यापक तथा यस कार्यक्रमलाई नेतृत्व गरिरहेको सतिश देवकोटाका अनुसार यो अभियान मार्फत  अझै बृहत बन्दै जाने र धेरै बौद्धिकहरुलाई समेट्ने योजना रहेको छ । डाक्टर केशब भट्टराईको सभापतित्व र नेपाल संयोजक मधुकर पाण्डेले सन्चालन गर्नुभएको कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीका साथै अमेरिकाको लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्की, लगायतले कसरी बौद्धिकहरुले नेपाललाई सहयोग गर्न सक्छन् भन्ने बिषयमा धारणा राखेका थिए । बौद्धिकहरुको भेलालाई शिकागोका स्थानिय ब्यवसायी तथा समाजसेवी बाला घिमीरेले कार्यक्रमको ब्यवस्थापन गर्नुभएको थियो ।