मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महराबाट आफूमाथि दुर्व्यवहार नभएको भन्दै प्रहरीमा लिखित निवेदन

महराबाट आफूमाथि दुर्व्यवहार नभएको भन्दै प्रहरीमा लिखित निवेदन


काठमाडौँ । सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूमाथि कुनै दुर्व्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन् । 
 
तीनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा आज साँझ आफैँ उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराइएकी हुन् । 
 
उनले दिएको लिखित निवेदनमा भनिएको छ, “म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियाँमा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।”
 
पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।