मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभामुुख महराको राजीनामा सूचनापत्रमार्फत जानकारी

सभामुुख महराको राजीनामा सूचनापत्रमार्फत जानकारी


काठमाडौँ । यौन दुव्र्यवहारको आरोप लागेर कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामा संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरी जानकारी गराएको छ । 
 
संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दुव्र्यवहार भएको आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी उनले मंगलबार संवैधानिक व्यवस्थाअनुरुप उपसभामुखसमक्ष राजीनामा दिएका थिए । 
 
उपसभामुख डा शिवमाया तुुम्वाहाङ्फेको आदेशअनुुसार सचिवालयले प्रतिनिधिसभा नियमावलीबमोजिम सभामुख महराको राजीनामासम्बन्धी विषय आज सूूचनापत्रमार्फत जानकारी गराएको हो । 
 
संघीय संसद्को अधिवेशन चालू रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूूचनामार्फत जानकारी गराउने व्यवस्था रहेको उपसभामुख तुुम्वाहाङ्फेले जानकारी दिइन् । 
 
“विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि राजीनामा दिएको छु”, महराले प्रतिनिधिसभाको सभामुख पदबाट दिएको राजीनामालाई उद्धृत गर्दै सूचनापत्रमा भनिएको छ । 
 
रिक्त भएको सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाउन संघीय संसद्को पाँचौँ अधिवेशन प्रारम्भ आह्वान हुनुुपर्ने छ । त्यसअघि दलहरुबीच कुुन दलले सभामुुख प्राप्त गर्ने भन्ने विषयमा छलफल हुनुुपर्ने आवश्यकता देखिएको छ । 
 
दलहरुबीच सहमति नभएको खण्डमा निर्वाचनको माध्यमबाट सभामुखको चयन हुनेछ । संविधानको भावनाअनुुसार सभामुख र उपसभामुुखमध्ये फरक दल र फरक लिङ्गको हुनुपर्दछ । 
 
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फरक फरक राजनीतिक दल रहेको अवस्थामा सभामुख र उपसभामुुखको चयन भए पनि दुवै दलको एकीकरणपछि दुुई पदमध्ये एक पद फरक दलको हुनुुपर्छ भन्ने प्रश्न उठ्दै आएको थियो । सभामुख महराको राजीनामा आएसँगै अब यो विषय पुनः कार्यान्वयनमा जानेछ ।
 
यसअघि सभामुख पदमा महरा निर्विरोध निर्वाचित भएका थिए । उपसभामुख पदमा भने मतदान भएको थियो ।
 
अब सभामुखको चयन नियमित अधिवेशनबाट हुन्छ कि विशेष अधिवेशन बोलाउन आवश्यक छ भन्ने प्रश्नमा उपसभामुखले भनिन्, “नियमित अधिवेशनबाट सभामुखको चयन गर्ने कि त्यसका लागि विशेष अधिवेशन आह्वान गर्ने भन्ने सन्दर्भमा राजनीतिक दल र सरकारबीच हुने छलफल र सहमतिका आधारमा तय हुनेछ ।”