मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समय किटान गरी सभामुखको राजीनामा आएकामा आपत्ति

समय किटान गरी सभामुखको राजीनामा आएकामा आपत्ति


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराको राजीनामाका सम्बन्धमा ‘छानबिन प्रक्रिया नसकिँदासम्म’ भनेर समयावधि किटान गरी आएको भन्दै प्रस्ट र पूर्ण राजीनामा आउनुपर्ने जनाएको छ । 
 
कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता शर्माले सभामुख महरामाथि गम्भीर प्रश्न उठेकामा दुःखित र स्तब्ध भएको उल्लेख गर्दै प्रस्ट र पूर्ण राजीनामा आउनुपर्ने पार्टीको धारणा सार्वजनिक गरेका हुन् । 
 
उनले भने, “जिम्मेवारी परित्याग गरेर छानबिनलाई निष्पक्ष ढङ्गले अघि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो, तर छानबिन गर्न एक वर्ष लाग्यो भने एक वर्षसम्म कार्यवाहकको नेतृत्वमा जाने त ?” 
 
उनले सबै नागरिक कानूनका दृष्टिमा समान भएकाले यो प्रकरण पनि कानूनअनुसार नै अघि बढाउनुपर्ने माग गरे । 
 
प्रवक्ता शर्माले भने, “यस बीचमा फरक विचार प्रस्तुत गरेकै आधारमा चितवनमा एक युवकमाथि गरिएको सांघातिक हमला पनि निन्दनीय छ । अवस्थाप्रतिको वितृष्णालाई व्यवस्थाकै विरुद्ध प्रचारित हुन नदिन गम्भीर जवाफदेहिता राख्नुपर्ने दायित्व बोकेको सरकार र सत्तारूढ पार्टीको व्यवहार परिमार्जनतर्फ नभई प्रतिकारतर्फ लक्षित हुनु अत्यन्तै दुःखद छ ।”