मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली मन्दिर ह्युस्टनको वार्षिक समारोह सम्पन्न

नेपाली मन्दिर ह्युस्टनको वार्षिक समारोह सम्पन्न


ह्युस्टन (टेक्सस)- बृहत्तर ह्युस्टनका नेपाली समुदायले हिजो श्रीपशुपतिनाथ मन्दिर परिशरमा मन्दिरको बार्षिक उत्सव मनाएका छन्। नेपालबाट ल्याइएका श्रीगणेश, दुर्गा भवानी तथा राधाकृष्णको मूर्तिहरुमा प्राण-प्रतिष्ठा पूजा भएको एकबर्ष पुगेको अवसरलाई वार्षिक समारोहको रुपमा मनाउने मन्दिर व्यवस्थापन समितिको निर्णय बमोजिम सो समारोह आयोजना गरिएको हो।
 
समारोहमा सन् २०१७ मा  ८.२५ एकरमा फैलिएको जमीन सहितको कृष्ण-प्रणामी मन्दिर परिशरलाई नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच)को अगुवाईमा आफ्नो स्वामित्वमा ल्याउने अभियानमा आर्थिक सहयोग पय्राउनु हुने सबै ट्रष्टी तथा अन्य सहयोगदाता महानुभावहरुलाई प्रशंसापत्र समेत वितरण गरिएको थियो। 
 
कार्यक्रममा एनएएचका अध्यक्ष डा. विष्णु नेपालले बृहत्तर ह्युस्टनबासी नेपालीहरुको सहयोगले नै मन्दिर स्थापना हुन सकेकोमा सबै सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद दिएका थिए। मन्दिर परिसरमा तत्काल विस्तार गर्नु पर्ने पार्किंग लट निर्माण, सकर फिल्ड निर्माण लगाएतका संरचना बनाउन आर्थिक सहयोगको आवश्यकता भएकोले खुल्ला ह्रदयले मन्दिरलाई आर्थिक सहयोग गर्न पनि अध्यक्ष डा. नेपालले नेपाली समुदायलाई आव्हान गरेका थिए। 
 
मन्दिर खरिदकाबेला $२,५०० भन्दा बढी सहयोग गर्ने सबैलाई ट्रष्टीको हैसियत प्राप्त भएको थियो। पशुपति मन्दिर तथा हिमालयन कल्चरल सेन्टरका पहिलेका ६४ र हिजै समारोहस्थलमै ट्रस्टी भएका दुइजना सहित ६६ जना ट्रष्टी र $५०० भन्दा बढी सहयोग गरेका र हिजो मन्दिरमा उपस्थितहरुलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं मन्दिरका मुख्य चन्दादाता समाजसेवी दिनकर अमात्यले प्रशंसा-पत्र प्रदान गरेका थिए। सोही समारोहमा अध्यक्ष अमात्यलाई बयोबृद्ध व्यक्तित्व एवं ट्रष्टी मुकुन्दहरी ज्ञवालीले प्रशंसा-पत्र प्रदान गरेका थिए। 
 
सो अवसरमा मन्दिरमा दुर्गा भवानीको मूर्ति दान गर्ने भारतीयमूलका हिन्दु धर्म सम्प्रदायका सहयोगी व्यक्तित्व पंकज राणा तथा मन्जु राणालाई समेत सम्मानपत्र प्रदान गरिएको थियो। 
 
एनएएचका उपाध्यक्ष द्रोण गौतमद्वारा संचालित कार्यक्रममा सबै प्रशंसित सहयोगीहरुलाई मन्दिरका पुरोहित दिलीप शास्त्रीजीले टिका प्रदान गरेका थिए। कार्यक्रम संचालक गौतमले मन्दिरमा हालसम्म २९ जना दैनिक १ डलर सहयोग गर्न प्रतिबद्धता जाहेर गर्ने ‘सस्टेनवल मेम्वर’ रहेको र आगामी डिसेम्वर सम्म १०० जना त्यस्ता सदस्य बनाउने लक्ष्य मन्दिर व्यवस्थापन समितिले लिएको जानकारी गराएका थिए।
 
तसर्थ नेपाली समुदायका महानुभावहरुलाई सो अभियानमा सरिक हुन आव्हान गरिएको थियो। यस अतिरिक्त आगामी डिसेम्वर ३१ सम्म २,५०० डलर  चन्दा दिने व्यक्ति/परिवार वा संस्था ट्रष्टी हुनसक्ने व्यवस्था समेत व्यवस्थापन समितिले गरेको जानकारी पनि कार्यक्रम संचालक गौतमले गराएका थिए। यस अघि २,५०० डलर भन्दा कम चन्दा दिएकाहरुले समेत २,५०० डलर पुग्न बाॅकी रकम सहयोग गरेर ट्रष्टी हुनसक्ने प्रावधान व्यवस्थापन समितिले गरेको छ।
 
हिजै ह्युस्टनका युवा खेलाडीहरुको क्लब बेर्भ गोर्खाले एनएएचसंगको समन्वयमा मन्दिर परिसरमा भलिबल प्रतियोगिताको आयोजना गरेको थियो। सो प्रतियोगितामा सहभागी ८ टोलीहरु मध्ये बेर्भ गोर्खा ‘ए’ ह्युस्टन विजयी भएको र विजयी टिमलाई पुरस्कार र ट्रफी समेत प्रदान गरिएको आयोजक राजु थापाले जानकारी गराएका छन्।
 
हिजै मन्दिरमा ह्युस्टनकावासिन्दा अनुप पाण्डे र परिवारले विशेष शिव अभिषेक पूजा समेत गरेको मन्दिर व्यवस्थापन समितिले हिमालय खबरलाई जानकारी गराएको छ।
भलिवलको फोटो सौजन्य: राजु थापा