मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पत्रकार सुजन पण्डित हिमालयखबरमा सहसम्पादक

पत्रकार सुजन पण्डित हिमालयखबरमा सहसम्पादक


अमेरिका । अमेरिकाको नेपाली समुदाय केन्द्रित समाचारमुलक अनलाइन हिमालयखबर टिममा सुजन पण्डित आवद्ध हुनुभएको छ । सहसम्पादकको जिम्मेवारी सहित पण्डित हिमालयखवरमा  जोडिनु भएको हो ।
 
सन् २०१३ मा अमेरिका आउनु भएका पण्डित अमेरिकामा विभिन्न अनलाइनमा आवद्ध भई समाचार र फिचर लेख्दै आउनुभएको थियो । फिचर लेखनमा विशेष दख्खल राख्नुहुने पण्डितले अमेरिकामा व्यस्त जीवन शैली रहेपछि सामुदायकि पत्रकारितालाई निरन्तरता दिने इच्छाले हिमालयखवर टिमसँग आवद्ध भएको बताउनुभयो ।
 
टेक्ससको ह्युस्टन निवासी पण्डित पत्रकारिता सँगै सामाजिक अभियानमा पनि सक्रिय हुनुहुन्छ । उहाँ सन् २०१५ देखि नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा सकृय हुनुहुन्छ ।