मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जागरण अभियानले कार्यकर्तामा ऊर्जा : नेता कोइराला

जागरण अभियानले कार्यकर्तामा ऊर्जा : नेता कोइराला


चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जागरण अभियानले कांग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताएका छन् । 
 
पत्रकारहरूसँग आज यहाँ कुराकानी गर्दै उनले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पु¥याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताएका छन् । 
 
महाधिवेशन नभई कांग्रेसमा ऊर्जा नथपिने उनको भनाइ थियो । उनले भने, ‘महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने कांग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ ।’
 
कांग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताएँदै उनले थपे, ‘सडक र सदन तताउनुपर्छ । सडक तताउनका लागि नेविसंघ, तरुण दल, महिला संघ, दलित संघजस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ ।’ 
 
नेतृत्वको कमजोरीका कारण कांग्रेस समस्यामा पर्न नहुने उनको भनाइ थियो । उनले भने, ‘समयमा नै नेतृत्व चयन गरौँ । अब कांग्रेस तदर्थवादमा चल्न सक्दैन ।’ 
 
जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै उनले त्यस्तो प्रवृत्तिको आलोचना गरे ।  ‘विचार र वोल्न नपाउने पञ्चायकालमा पनि नभएको प्रवृत्ति विरुद्ध आवाज उठाउन जरुरी छ’, नेता कोइरालाले भने ।