मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नायक राजेश हमाललाई सम्मान गरिने

नायक राजेश हमाललाई सम्मान गरिने


काठमाडौँ । नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ । 
 
करिब ३०० चलचित्रमा अभिनय गरिसकेका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो ।  
 
केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए । 
 
सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन् । भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ ।