मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’ : प्रधानन्यायाधीश

‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’ : प्रधानन्यायाधीश


काठमाडौँ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताएका छन् । 
 
सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उनले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिए । 
 
उनले भने, “नेपाल बहुजाति, बहुधार्मिक मुलुक हो, यसको विकास, समृद्धि र न्यायपूर्ण समाजको निर्माणमा पर्वले प्रेरणा गरोस्, मेरो शुभकाना छ ।” नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाको परिकल्पना गरेको उल्लेख गर्दै उनले सोअनुरुप सुदृढ न्यायपालिका बनाउन सबैलाई आआफ्नो ठाउँबाट काम गर्न आग्रह गरे । 
 
सर्वोच्च अदालतले पर्वका अवसरमा प्रत्येक वर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने गरेको छ । सो समारोहका कानून, न्याय तथा संसदीय ममिलामन्त्री भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नि खरेल, सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।