मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल पुलिस स्कुलका ४५ छात्रछात्रा दीक्षित

नेपाल पुलिस स्कुलका ४५ छात्रछात्रा दीक्षित


चितवन । पश्चिम चितवनको गीतानगरस्थित नेपाल पुलिस स्कुल शान्तिपुरमा शुक्रबार प्रथम स्काउट दीक्षान्त सम्पन्न भएको छ । समारोहमा सो स्कुलका ४५ जना छात्रछात्रा दीक्षित भएका छन् । 
 
समारोहमा प्रमुख अतिथि चितवनका ट्राफिक प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले दीक्षित भएका छात्राछात्रालाई स्काउटको उद्देश्यअनुसार असल नागरिक बनेर देशको सेवामा लाग्न आग्रह गरे । 
 
उनले स्काउट अनुशासित, चरित्रवान र परोपकारी सेवामा संलग्न संस्था भएकाले प्रहरीबाट निरन्तररुपमा सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरे ।    
 
नेपाल स्काउटका चितवन जिल्ला आयुक्त एवम् स्काउटकै अभिभावक संस्था एनएसजीएफ नेपालका उपाध्यक्ष तीर्थराज न्यौपानेले स्काउटको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे प्रकाश पारेका थिए । 
 
उनले नेपाल स्काउटले हालै इन्डियन स्काउट एण्ड गाइड फेलोसिपको विशेष निमन्त्रणमा लक्ष्मी मजुम्दर भवन नयाँदिल्लीमा २० सेप्टेम्बरदेखि २२ सेप्टेम्बरसम्म आयोजित फिल्म फेस्टिभल २०१९ तथा इन्डियन स्काउट एण्ड गाइड फेलोसिपको वार्षिकोत्सवमा नेपाल–भारतको स्काउटका गतिविधिसम्बन्धी अनुभव आदानप्रदान गरिएको स्मरण गरे । 
 
समारोहमा कमाण्डर धर्मबहादुर अधिकारी, डिएसपी दीपेन्द्र साह, भरतपुर महानगर १४ का वडाध्यक्ष ओमप्रकाश पोखरेल, स्कुलका प्रिन्सिपल इन्द्र बुढाथोकी, स्काउट चितवनका सदस्य सचिव रामप्रसाद पोखरेल, स्काउटर एवम् जिल्ला सदस्य दिनेश पाण्डे, बुद्धिबहादुर गुरुङ, भरतपुर महानगरका शैक्षिक प्रशासन प्रतिनिधि बालचक्र सापकोटालगायतले स्काउटले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।