मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान संशोधन नभए सरकारमा बस्दैनौँ : डा. भट्टराई

संविधान संशोधन नभए सरकारमा बस्दैनौँ : डा. भट्टराई


नवलपरासी । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधान संशोधन नभए सरकारमा नबस्ने बताएका छन् ।
 
समाजवादी पार्टी नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
 
डा भट्टराईले भने, ‘संघीय समाजवादी फोरम सरकारमा सामेल हुँदाको बेलाको सहमतिअनुसार यो सरकारले संविधान संशोधन गर्नुपर्छ । संशोधन गरिँदैन भने हामी सरकारमा बस्दैनौँ ।’ 
 
उनले यस विषयमा पार्टीले सरकारसँग एक चरण छलफल गर्ने बताए । सरकार संविधान संशोधन गर्न उदासीन रहे पार्टी छाड्ने उनको भनाइ थियो । 
 
उनले नेकपा पार्टी कम्युनिस्ट पार्टीकै बदनाम गर्ने गरी अगाडि बढेको र नेपाली कांग्रेस पतनको मार्गमा गइसकेकोले नयाँ वैकल्पिक शक्तिको रुपमा तत्कालीन नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाबाहेकका शक्तिहरु एक हुनसक्ने फोरमको रुपमा समाजवादी पार्टीलाई अगाडि ल्याएको बताए । 
 
कार्यक्रममा डा बाबुराम भट्टराई, अशोक राईलगायतका नेताले प्रशिक्षण दिएका थिए ।