मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेचिएको स्थानबाट २५ दिनपछि घर फिर्ता

बेचिएको स्थानबाट २५ दिनपछि घर फिर्ता


जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् ।
 
एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी सहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी गराएका थिए । 
 
बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी थिइन् । 
 
घरबाट भागेर गइरहेकै बेला बैठाले बसमै आफूले लगाएको गरगहनासहित रू ५० हजारसमेत लिनाका साथै सीतामढीको एउटा घरमा बन्द गरेर भागेको उनले बताइन् । 
 
बैठाले छाडेर हिँडेपछि उसको बाटो कुर्दाकुर्दै नआएकाले बाहिर निस्कन खोज्दा आफूलाई दुई÷तीनजना पुरुष र महिलालेसमातेर राख्दै तिमी बेचिएकी छौँ । अब यहीँ बस्नुपर्छ र यहीँ तिम्रो बिहे हुन्छ भनेकाले आफू बेचिएकी थाहा पाएको उनले उनले सुनाइन् । 
 
ती महिला बेपत्ता भएको भदौ १४ गतेदेखि नै उनका पति र आफन्तले खोजबिन गर्दै जिल्ला प्रहरीमासमेत उनी बेपत्ता भएको खबर गरेका र अभियुक्त बैठाले नै उनलाई बेपत्ता बनाएको  भन्दै बैठाउपर शरीर बन्धक मुद्दा  दायर गरेकामा  प्रहरीले मुद्दा दर्ता नगरेको उनका पतिले सुनाए । 
 
सो घटना पछि अहिले ती महिलालाई कार्यालयमा बोलाइनाका साथै बैठालाई पनि पक्राउ गर्न प्रहरी खटाइएको थियो ।