मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जापानमा नेपालीले संविधान दिवस मनाए

जापानमा नेपालीले संविधान दिवस मनाए


टोकियो (जापान) – नेपाल र नेपाली जनताको सुख समृध्दिलाई नेपालको संविधानले चीर स्थायी बनाओस भन्ने कामना गर्दै संविधान दिवसको उपलक्षमा आयोजित कार्यक्रममा जापानका नेपालीहरुले मैनबत्ती बालेर कामना गरे |
 
उक्त कार्यक्रममा जापानवासी नेपालीले नेपालको चौथो संघिय लोकतान्त्रिक संविधान दिवस उत्साहपूर्वक मनाएका थिए |
 
गत शनिवार जापानवासी नेपाली, नेपाल चेम्बर अफ कमर्स, बीपी चिन्तन र गणेशमान फाउन्डेसन जापानको संयुक्त आयोजनामा सो कार्यकम गरिएको हो।
 
नेपालकालागि पूर्व जापनिज राजदूत कोजिमा मित्सुआकीले नेपालको चौथो संविधान दिवसको अवसरमा शुभकामना दिएका थिए । सन 1990 को दशकमा जापानमा तीनसय जनाको हाराहारीमा मात्र नेपाली रहेकोमा आज करीब नब्बे हजार पुगिसकेको र नेपाल – जापानविच हवाई सेवा शुरू भएकोमा उनले हर्ष व्यक्त गरेका थिए |
 
त्यस्तै नेपालबाट आएका अर्का विशेष अतिथि इमेज टेलिभिजनका कार्यकारी निर्देशक , प्रोफेसर रघुधर भक्त मानन्धरले संविधानले थिचोमिचोमा परेका सम्पूर्ण नेपालीको हक हित गर्न सकोस भन्दै संविधान दिवसको शुभकामना दिएका थिए।
 
एनआरएनए जापानका संस्थापक अध्यक्ष तथा मानवाधिकारकर्मी राजन प्रधानले संविधान मर्म र सिध्दान्त अनुरूप लागू हुनुपर्ने धारणा व्यक्त गरे |
 
जापानमा बुध्द धर्म अध्यन र अभ्यास गर्नुहुने नन रमा खड्काले बुध्द धर्म र संविधानले सदैव शान्ति प्रदान गर्ने चर्चा गरेका थिए |
 
नेपाल चेम्बर अफ कमर्स टोकियोलागि वाणिज्यदूत डा. बलराम श्रेष्ठले संविधानको मर्मलाई हरेक नेपालीले आत्मसात गर्नुपर्ने धारणा व्यक्त गरे |