मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पञ्चाङ्ग निर्णय समितिले भन्यो–अमेरिकामा दशैंको टीका अक्टोबर ७ मा

पञ्चाङ्ग निर्णय समितिले भन्यो–अमेरिकामा दशैंको टीका अक्टोबर ७ मा


ड्यालस (टेक्सस) – अन्तर्राष्ट्रिय पञ्चाङग निर्णय समितिले अमेरिकाको लागि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।
 
समितिको आइतबारको बसेको बैठकले नेपालीहरु स्थायी रुपले बढी बसोबास गरेका मुलुकहरुका लागि टीकाको साइत सार्वजनिक गरेको हो । नेपालमा अक्टोबर ८ तारिक (असोज २१) मा टीका छ । अमेरिकामा भने अक्टोबर ८ तारिकमा दशमी तिथि बिहान ४ बजेनै समाप्त भएर एकादशी लाग्ने भएकोले ७ तारिक (असोज २० गते) नै टीकाको मुख्य साइत रहेको समितिले जनाएको छ ।
 
विगतमा नेपालभन्दा पछि अमेरिकामा चाडपर्वहरु परेका थिए । तर यसपटक टीका भने तिथिका कारणले नेपालभन्दा अघिल्लै दिन परेका कारण अमेरिकामा रहेको नेपालीहरुले असहज महसुस गरेका छन् । 
 
पञ्चाङ्ग निर्णय समितिले अमेरिकाको न्यूयोर्क, केन्टकी, टेक्सस र क्यालिफोर्नियाका लागि टीकाको साइत निकालेर सार्वजनिक गरेको छ । यसका अतिरिक्त अष्ट्रेलिया, बेलायत, जापान र भारतका लागि पनि साइत निकालेको छ ।
 
ड्यालसमा रहेको नेपाली धर्म संस्कृतिको क्षेत्रमा कृयाशील संस्था ‘नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र’ का अध्यक्ष सुरेशचन्द्र पोखरेलले सामाजीक सञ्जाल फेसबुकमा पञ्चाङ्ग निर्णय समितिको निर्णय अनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै अमेरिकामा अक्टोबर ७ तारिक बिहानदेखि दशमी तिथी सुरु हुने भएकोले टीका ७ तारिक लगाउनुपर्ने जानकारी दिए ।