मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

टोरोन्टोमा नेपाल भ्रमणबष॔ सफल बनाउन गोलमेच

टोरोन्टोमा नेपाल भ्रमणबष॔ सफल बनाउन गोलमेच


टोरन्टो (क्यानडा) –  कन्सर्न नेपालको सकृयतामा क्यानडामा नेपालमा पर्यटन प्रवर्धन र संबिधान दिवसका विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । 
 
नेपाल नेपालीको समग्र समृद्धि र विकासको चासोसरोकार लिएर बिगत दशबर्ष देखि क्यानाडा परिचितसंस्था हो । यस संस्थाद्वाराआयोजित बार्षिक अन्तररास्ट्रिय शान्ति दिवस, नेपालको संबिधान दिवस, र नेपाल भ्रमणवर्ष २०२० को सफलताको प्रबर्धन अभियानमा एक्बधता समर्थन, साथ र सहकार्यकोउदेश्यले अन्तरक्रिया छलफल कार्यक्रम गरिएको हो । 
 
कार्यक्रममा नेपालको पर्यटन बढाउन सकिने सम्भावनाहरु क्यानाडाबाट के कस्तो सम्भावना छ ?  हाल क्यानाडियन नेपाली संघ संस्थाहरुबाट पर्यटन प्रबर्धनको  प्रयत्नके के गरिएका छन् लगायतका विषयहरूमा धारणाहरू व्यक्त भएका थिए । 
 
एक जनाले एकजना लाई नेपाल पठाउन सकेके खण्डमा भने पनि समग्रमाठुलो संख्या वृद्धि हुने धारणा धेरै सहभागीहरूको रहेको थियो । 
 
नेपाल भर्मण लिखित पोस्टर बसमा राखेर, फेसबुकपेजमा नेपाल भिजिटराखेर, क्यानाडियन समाचार टोरोन्टो स्तर र सीबि सी नुज माछोटा छोटा संदेश लेखेर क्यानाडियन नेपालीहरुले सहयोग गर्न सक्ने विचार पनि व्यक्त भएका थिए । नेपाल बिगतमा भएको आन्दोलन र शान्ति प्रक्रियासंगै संबिधान सभा बाट घोषणा गरिएको संबिधान अहिले सम्मकै प्रगतिशील छ ।
 
संघीय लोकतान्त्रिक गणतन्त्रामक राज्य र समाजबाद उन्मुख, धर्म निरपेक्ष, समाबेशीप्रणाली अपनाई लागु गरिएको संबिधानपूर्ण बिस्तारै कार्यान्वयन को क्रममा छ ।  बर्तमान अबस्थामा  नेपालको संबिधान दिवस र बिश्वशान्ति दिवस नेपालको परिप्रेक्ष्यमा परिपुरक छन । नेपालकोसंबिधानले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक,  बहुसंस्कृतिक, भौगोलिक बिबिधयुक्त बिशेसतालाई आत्मसाथ गरेको भयता पनि संबिधानले सबै बिबिध पक्ष्यलाई समेट्न नसकेकोभन्दै संशोधनको माग पनि सुरुका दिन देखीनै हुदैआएको छ ।
 
नेपालको भूराजनीतिस्थिति बिशाल देश चीन र भारतको बढ्दो आर्थिकउन्नति, औधोगीकरण, अन्तररास्ट्रिय व्यापार सम्बन्ध  ब्रिदीको  कारणदुइ देश बिचको भुपरिबेस्ठित देश नेपालले पनि आन्तरिक रुपमा शान्ति कायम  राख्नसके छिमेकी देशको साथमा बिकाश हुन् सक्ने सम्भावना रहेको छ धारणा सहभागीहरूको थियो । 
 
कार्यक्रममा क्यानेडियन नेपाली समुदायका अभियन्ताहरुको उपस्थिति थियो । कार्यक्रमको संयोजक डा तुलसी धरेलले गरेका थिए । कार्यक्रममा डा. राजन पोख्रेल, कानुन ब्यबसायी अमृत शर्मा, चन्द्रराई, केदार बस्नेत, गोपी काफ्ले  लगाएतले आफ्ना विचार ब्यक्त गर्नुभएको थियो । गोबिन्द शिवाकोटीले कार्यक्रमको संचालन गरेका थिए ।

शेयर गर्नुहोस:

0
Shares