मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तराष्ट्रिय शान्ति दिवशको उपलक्ष्यमा कोलोराडोमा सात देशका नागरिकले संयूक्तरुपमा गरे विश्व शान्तिको कामना

अन्तराष्ट्रिय शान्ति दिवशको उपलक्ष्यमा कोलोराडोमा सात देशका नागरिकले संयूक्तरुपमा गरे विश्व शान्तिको कामना


कोलोराडो, अमेरीका- अन्तराष्ट्रिय शान्ति दिवशको उपलक्ष्यमा कोलोराडोको स्थित लङमन्ट शहरमा सनीबार सात देशका नागरिक जम्माभई मानव निर्मित बिकासका माध्यमबाट विश्वमा अशान्ति फैलदै गएको भन्दै संयूक्तरुपमा विश्व शान्तिको कामना गरेका छन् ।
 
युनिभर्सल पिस क्रेटर्स र लङमन्ट हिमालयज् लायन्स क्लवको संयूक्त आयोजना तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा “युनिटी फर पिस सेलीब्रसन” कार्यक्रम सम्पन्न भएको हो ।
 
अमेरीकी आदिवासीहरुले विश्व शान्तिको कामनागर्दै बिधिपुर्वक पुजाआजा गरेर शुरु गरेका कार्यक्रममा नेपाली , ईन्डियन, क्यारेडियन, मेक्सिकन, ब्राजिलीयन, तिब्बतीयन र लाओसी लगायतका देशका नागरिकहरु जम्माभई विश्व शान्तिको कामनागर्दै आ–आफ्नो संस्कृतीक नृत्य प्रस्तुत गर्दै शान्ति दिवस मनाएका हुन्  । 
 
कार्यक्रममा स्थानिय संस्थाका प्रतिनिधी म्याग्नोलीया ल्याण्न्स पोसासले मानव निर्मित बिकासका कारण विश्व असुरक्षित बन्दै गएका कारणहरु उल्लेख गर्दै समाधानका उपायहरु सहित तयार पारिएको कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यक्रममा लङमन्ट शहरका मेयर ब्रेन व्याग्ली, आयोजक संस्थाका पदाधिकारी, गन्यमान्य, पत्रकार, समाजसेवी, स्थानिय सर्बसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो ।
 
कार्यक्रम स्थलको हातामा बिभिन्न जातका ५ वटा बृक्षरोपण गर्दै सम्पन्न कार्यक्रममा   सहभागीहरुलाई बिभिन्न देशका खानाका परिकारहरु निशुल्क बितरण गरिएको लङमन्ट लायन्सका पुर्व अध्यक्ष एवं लायन्स ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठले बताएका छन् ।
 
आश्विनी श्रेष्ठ र सक्सिड ले संयुक्त्त रुपमा संचालन गरेका कार्यक्रमको अन्त्यमा युनिभर्सल पिस क्रेटर्सका अध्यक्ष ईभेत लार्रेयाले कार्यक्रम सफल बनाउन सहयोगगर्ने सबैल्ँँई धन्यवाद दिदै, बिश्व दिन प्रतिदिन असुरक्षित बन्दै गएकोले सबैले हातेमालो गर्दै यसलाई सुरक्षित बनाउन अनुरोध गरेकी थिईन् ।