मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको अर्भिङमा भीषण आगलागी (भिडियो सहित)

टेक्ससको अर्भिङमा भीषण आगलागी (भिडियो सहित)


टेक्सस – ड्यालसको अर्भिङस्थित एउटा अपार्टमेन्टमा शनिबार राति भिषण आगलागी भएको छ । आगलागीबाट रिफलेक्सन अपार्टमेन्टको एउटा ब्लक पुरै नष्ट भएको छ ।
 
साँझ ९ बजेदेखि सुरु भएको आगलागी मध्यरातसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । सो ब्लकमा नेपाली समुदायमा परिचित सुशील चौधरी र कविता कोइरालाका परिवार बस्दै आएका थिए । 
 
अर्भिङको भ्यालीरेन्चमा पर्ने सो अपार्टमेन्ट कोपेल स्कुल डिस्ट्रिक्टमा पर्छ । राम्रो स्कुल डिस्ट्रिक्ट पर्ने कारणले गर्दा धेरै नेपाली परिवारहरु यो अपार्टमेन्टमा बस्दै आएका छन् । तीन तल्ले यो अपार्टमेन्टमा झण्डै ३० परिवार बस्दै आएको त्यही बस्दै आएका एक नेपालीले जानकारी दिएका छन् ।
 
गत वर्ष पनि यो अपार्टमेन्टमा भीषण अागलागी भएको थियो । रिफलेक्सनमा दुइ दर्जन नेपाली परिवार भाडामा बस्दै अाएका छन् ।
 
अागलागी कसरी भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । बिजुली सट भएर सामान्यतया अमेरिकामा अागलागीका घटना विरलै हुन्छन् । कुनै अपार्टमेन्टमा खाना पकाउँदा अागलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।