मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा खुल्यो अर्को नेपाली रेष्टुँरा

ड्यालसमा खुल्यो अर्को नेपाली रेष्टुँरा


ड्यालस (टेक्सस) – ड्यालसमा स्थापित व्यबसायीहरुको संयुक्त लगानीमा स्थापना भएको स्पाइसी ग्रील एण्ड बार शनिबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
 
ड्यालसको फोर्टवर्थ (ट्रिनिटी एण्ड ३६० हाइवे एरिया) मा स्थापना भएको स्पाइसी ग्रीलको शनिबार टेक्सस हाउस अफ रिप्रेजेन्टेटीभकी सदस्य टेरी मेजा लगायतका विशिष्ट पदाधिकारीहरुले रिबन काटेर उद्घाटन गरे । रेष्टुरेन्टमा ड्यालसदेखि लिएर न्यूयोर्कमा रहेर व्यबसायमा स्थापित नेपालीहरुको लगानी रहेको छ ।
 
एनआरएन अमेरिकाका पूर्ब उपाध्यक्ष राम सी पोखरेल, न्यूयोर्कमा सामाजीक कार्यकर्ता तथा व्यबसायी मोहन ज्ञवाली, सकुल खत्री, धिरेन भारी लगायतको लगानी रहेको छ ।
 
रेष्टुरेन्टले नेपाली, भारतीय तथा अमेरिकन समुदायलाई बिभिन्न स्वादका खानाहरुको सेवा गर्ने लक्ष्य लिएको छ । रेष्टुरेन्टले आधिकारिक नेपाली स्वादलाई अमेरिकामा पस्कने लक्ष्य लिएको छ । रेष्टुरेन्टमा १२ वर्षदेखि खाना बनाउँदै आएका अनुभवी सेफ रहेको जनाइएको छ।
 
शनिबार उद्घाटन कार्यक्रममा युलेसका सिटी काउन्सिल सदस्य जेरेमी टमकिन्स, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका  बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्याल प्राध्यापक प्रभात दीक्षित, रेष्टुरेन्टका सञ्चालक राम सी पोखरेल लगायतका वक्ताहरुले व्यबसायको सफलताको शूभकामना व्यक्त गरेका थिए । 
 
अमेरिकन एअरलाइन्सको हेडक्वाटरसँगै रहेकोले यो रेष्टुँराले आधिकारिक नेपाली खानाको स्वाद विस्तार गर्न वक्ताहरुले शूभकामना दिएका दिए । टेक्ससको ड्यालसमा पछिल्लो समयमा नेपाली रेष्टुँराहरु थपिने क्रम बढ्दो रुपमा रहेको छ । नेपालीहरुको संख्या वृद्धिसँगै व्यबसाय गर्नेहरु समेत बढेका छन् ।