मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस जिम्मेवार नबने गणतन्त्र धरापमा : महामन्त्री कोइराला

कांग्रेस जिम्मेवार नबने गणतन्त्र धरापमा : महामन्त्री कोइराला


नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने बताएका छन् ।
 
नेपाली कांग्रेस पूर्वी नवलपरासी प्रदेश ‘क’ले बिहीबार गैँडाकोटमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री एवम् नवलपुर क्षेत्र नं १ का संघीय सांसद् डा कोइरालाले यस्तो बताएका हुन् ।
 
उनले गणतन्त्र टिकाउन कांग्रेस जिम्मेवार नहुने हो भने वर्तमान दुईतिहाइको कम्युनिस्ट सरकारको दम्भका कारण लोकतन्त्र र गणतन्त्र दुवै खतरामा पर्ने हुँदा कांग्रेस जिम्मेवार हुनै पर्नेमा जोड दिए ।
 
पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले कांग्रेसले अहिले कम्युनिस्ट शासनको रणनीतिलाई पर्ख र हेरको अवस्थाबाट नियालेको तर यस्तै रवैया रहिरहे कांग्रेस चुप लागेर नबस्ने र सशक्त प्रतिकार तथा खबरदारी गर्नेमा जोड दिए ।
 
उनले दोस्रो चरणको जागरण अभियानले पार्टीमा गुट–उपगुटको अन्त्य गराउन सफल हुनुपर्ने र वर्तमान सरकारको निर्वाचनका बेलाका प्रतिबद्धता र हाल गरिरहेको कामको वास्तविकताका बारेमा जनतालाई जानकारी गराउँदै कांग्रेसले गरेको महत्वपूर्ण कामबारे टोलटोलमा पुगेर सशक्तरुपमा सुसूचित गराउन पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।
 
अन्तक्र्रिया कार्यक्रममा कांग्रेस कार्यकर्ताले कांग्रेसका नेताहरुले गुट–उपगुट, झुन्ड र नातावाद त्यागे कांग्रेसलाई कसैले हराउन नसक्ने सुझाव दिएका थिए । 
 
कांग्रेस कार्यकर्ताहरुले कम्युनिस्टको अन्याय, अत्याचार र खोक्रो आश्वासनको भण्डाफोर तथा कांग्रेसले गरेका महत्वपूर्ण कार्यको जानकारी आमजनतामा पु¥याउन नेतृत्वले महŒवपूर्ण भूमिका खेल्नुपर्नेलगायतका विषयमा सुझाव दिएको प्रदेश सभापति खेमप्रसाद सापकोटाले बताए ।
 
कार्यक्रममा केन्द्रीय प्रतिनिधि पूर्वसांसद् शंकर पाण्डेले कांग्रेसले विगतमा गरेको गल्तीबाट पाठ सिक्दै भावी दिनमा सबल र सक्षम भएर अघि बढ्नुपर्ने बताए ।