मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार जनताको हित विपरीत जान सक्दैन : उपप्रधानमन्त्री पोखरेल

सरकार जनताको हित विपरीत जान सक्दैन : उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको हित विपरीत जान नसक्ने बताएका छन् । 
 
काठमाडौँ चेम्बर अफ कमर्सले एक महिनादेखि आयोजना गरेको रक्तदान कार्यक्रमको आज समापन कार्यक्रममा उनले जनताको मतबाट गठन भएको सरकार जनताको हित विपरीत जान नसक्ने बताए ।
 
उपप्रधानमन्त्री पोखरेलले सरकार अधिनायकवादी नभएको स्पष्ट पारे । “आवधिक निर्वाचन, कानूनी शासन र जनतावाट अनुमोदित भएको सरकार अधिनायकवादी हुन सक्दैन”, उनले भने ।
 
उनले वर्तमान सरकार उद्योगी र व्यवसायीकोे समस्या समाधानमा गम्भीर रहेको उल्लेख गरे । चेम्बर अफ कमर्सले भोगेका समस्याको समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो । 
 
उपप्रधानमन्त्री पोखरेलले हिजोका दिन लोकतन्त्रका लागि लडे पनि अहिले लोकतन्त्रभित्र बसेर यसभित्र रहेका गल्ती कमी कमजोरीलाई सच्याउन सरकार लागिपरेको बताए । सरकार नीतिनियम र ऐनकानून निर्माणमा लागिरहेको उनको भनाइ थियो । 
 
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामाजिक क्षेत्रमा चेम्बर अफ कमर्सले गरेको कामको प्रशंसा गरे । चेम्बरलाई परेको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएको बताए ।
 
चेम्बर अफ कमर्स काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले व्यवसायको सिलसिलामा उद्योगी–व्यवसायीले प्यान, राजस्वलगायतका विषयमा समस्या भोग्नुपरेको बताए । कार्यक्रममा एकमहिने रक्तदान कार्यक्रममा सबैभन्दा धेरै रगत संकलन गर्ने शाखालाई सम्मानसमेत गरिएको थियो ।