मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान दिवसमा समाजवादी पार्टी ‘मौन’ रहने

संविधान दिवसमा समाजवादी पार्टी ‘मौन’ रहने


काठमाडौँ । समाजवादी पार्टी नेपालले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रूपमा दिपावली नगर्ने र विरोध पनि नजनाउने भएको छ । 
 
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो ।
 
सो पार्टीले संविधान जारी भएको दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा सातवटै प्रदेश राजधानीमा अन्तक्र्रियात्मक कार्यक्रम गर्ने जनाएको छ । 
 
संविधान जारी भएको दिनका सन्दर्भमा खुशीयाली नमनाउने र विरोध पनि नगर्नुका साथै संविधान संशोधनबारे अन्तक्र्रियात्मक कार्यक्रम आयोजना गरिने समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।