मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालमा लाइब्रेरी बनाउन ड्यालसमा कार्यक्रम

नेपालमा लाइब्रेरी बनाउन ड्यालसमा कार्यक्रम


हिमालयखबर संबाददादा 
टेक्सस(अमेरिका)-  नेपालमा लाइब्रेरी स्थापनाका लागि टेक्सस ड्यालसमा शनिवार नेपाल जर्नीले गाला डिनर आयोजना गर्यो । नेपाल जर्नीको उक्त अभियानलाई सहयोग गर्ने विभिन्न क्ष्ँेत्रका स्थानियहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना भएको हो । नेपाल जर्नीको यो चौथो श्रृखला हो । 
 
कार्यक्रममा नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले विगतमा गरिएका यस्ता कार्यक्रमवाट अहिलेसम्म करिव ६० लाख रुपैंया संकलन भईसकेको जानकारी दिईन । यो गाला डिनरमा पनि नेपाल जर्नीले करिव २० लाख रुपैंया संकलन गर्ने उद्देश्य राखेको छ ।
 
कार्यक्रममा संकलित रकम चितवनको भरतपुर नगरपालिका-४ लंकुमा  नयां लाइब्रेरी स्थापनाका लागि खर्च गरिने नेपाल जर्नीले जनाएको छ । उक्त परियोजनाको लागत करिव २ करोड रुपैंया रहेको श्रेष्ठले जानकारी दिईन ।
 
नेपाल जर्नीका ग्लोबल संयोजक भानु खरेलले लाइब्रेरी वनाउनका लागि स्थानिय निकायले ३ करोड रुपैंया भन्दा वढीको जमिन निशुल्क उपलव्ध गराएको जानकारी दिए । स्थानिय निकायमा पटक पटक पहल पछि  स्थानिय निकायले उक्त जमिन उपलव्ध गराएको उनले जानकारी दिए । 
 
नेपाल जर्नी सन् २०१५ मा अमेरिकामा दर्ता भएको समाजिक (गैरनाफा मुलक) संस्था हो । यसले नेपालमा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्दै आएको श्रेष्ठले वताईन । 
 
कार्यक्रममा  आईडिया फर नेपालकी अन्तरराष्ट्रिय निर्देशक चिगं चिगं प्रमुख अतिथी थिईन । उनले नेपाल जर्नीले नेपालमा शिक्षा र स्थास्थ्य क्षेत्रमा गरिरहेको कार्य निकै प्रशंसनीय रहेको वताईन । कार्यक्रमका मुख्य वक्ता ब्लेयर स्कट एण्ड वाईट हेल्थका डा डोनाल्ड ई सेवेलले आवश्यक पर्नेलाई सहयोग दिनुपनि एउटा आत्मसन्तुष्ठिभएको विषय भएको वताए । अरुको लागि सहयोग गर्नु पर्छ भन्ने भावनाकै कारण अमेरिकामा पनि महत्वपुर्ण संस्थाहरु जन्मेको वताए । 
 
कार्यक्रममा नेपाली संस्कृत्ति झल्काउने विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।  चर्चित गायक सन्जिब प्रधानले लगाएत कलाकारहरुले आफ्नो प्रस्तुतदिएका थिए I