मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ

बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ


भोजपुर । बाबुलाई खुकुरी प्रहार गर्ने छोरा आज पक्राउ परेका छन् । स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
शनिबार बेलुका भएको घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले आज भैँसीपङ्खाको असिनेबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।
 
खुकुरी प्रहारबाट घाइते चन्द्रबहादुरको गर्धनमा अढाइ इञ्च गहिरो चोट लागेको प्रहरीको भनाइ छ । 
 
खुकुरी प्रहारबाट गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए ।