मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस बाँके सभापतिको आक्रमणको विरोध, प्रतिनिधिसभाको बैठक स्थगित

कांग्रेस बाँके सभापतिको आक्रमणको विरोध, प्रतिनिधिसभाको बैठक स्थगित


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठक स्थगन भएको छ । 
 
कांग्रेसले सुरु गरेको दोस्रो चरणको ‘जागरण अभियान’का क्रममा बाँकेको खजुरामा भदौ २६ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले कांग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरी हात भाँचिदिएको भन्दै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । 
 
आजको पहिलो बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगन गरेका थिए । 
 
स्थगन गरिएको बैठक करिब दुई घन्टापछि सुरु भएको थियो । सभामुख महराले दोस्रो बैठक सुरु गर्नेबित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।
 
बाँके घटनाका दोषीको किटान गरी दिएको उजुरी दर्ता नभएको, घटनाका दोषीलाई गृह प्रशासन नै बचाउन लागेको भन्दै कांग्रेस सांसदहरुले आपत्ति जनाएका छन् । 
 
दोस्रो बैठक पनि चल्न नसकेपछि सभामुख महराले भदौ ३० गते शनिबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगन गरेका छन् । कांग्रेस बाँके सभापतिसहित दर्जन नेता कार्यकर्तामाथि भएको सांघातिक आक्रमणको देशभर विरोध भएको छ ।