मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशभर फैलिएको डेङ्गु प्रकोपबारे सरकारको ध्यानाकर्षण

देशभर फैलिएको डेङ्गु प्रकोपबारे सरकारको ध्यानाकर्षण


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले हालै मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा यथाशक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् । 
 
प्रतिनिधसभामा केही दिन अगाडिदेखि तथा आजको शून्य समयमासमेत सांसदहरुले डेङ्गु प्रकोपका बारेमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख महराले सरकारको नाममा विशेष रुलिङ गरेका हुन् । 
 
सभामुख महराले भने, “केही दिनयता भएका संसद्को बैठकमा नियमितजसो डेङ्गुबारे माननीयहरुले कुरा उठाउँदै आउनुभएको छ, उक्त रोगको प्रकोपको अवस्था र नियन्त्रणका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउँदछु ।”
 
आजको बैठकको शून्य समयमा सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदहरुले मुलुकमा डेङ्गु रोगको महामारी फैलिएको भन्दै सरकारको स्पष्ट जवाफ माग गरेका थिए ।
 
उनीहरुले महामारीका रुपमा फैलिएको भनिएको डेङ्गुको प्रकोपको अवस्था र रोग नियन्त्रणका लागि भएको प्रयासबारे यथाशीघ्र सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए । 
 
शून्य पक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कृष्णगोपाल श्रेष्ठले डेङ्गुबारे सरकारले स्पष्ट जानकारी नदिएको भन्दै तत्काल यो विषय सदनलाई जानकारी गराउन माग गरे । 
 
“अब कति जना सांसदलाई डेङ्गो भएपछि सरकारको ध्यानाकर्षण हुने हो ? यस विषयमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुप¥र्यो”, उनले भने । नेकपाकै सांसद खगराज अधिकारीले डेङ्गो रोगको प्रकोप हो या महामारीकै रुप लिएको हो ? भनी प्रश्न गर्दै यसबारे सरकारको स्पष्ट धारणा माग गरे । 
 
उनले भने, “मुलुकभर डेङ्गुबारे व्यापक हल्ला फिँजिएको छ, प्रयोग मात्र होकी महामारीकै रुप लिएको हो ? यदि त्यसो हो भने सांसदलगायत सबैले महामारी समाप्त पार्न योजनाबद्ध कार्यक्रम लागू गर्नुपर्छ ।”
 
सांसद जुलीकुमारी महतोले पनि डेङ्गु प्रकोपबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने धारणा राखिन् । 
 
नेपाली काङ्ग्रेसकी उमा रेग्मीले डेङ्गुको महामारी नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै हरेक वर्षजसो यस विषयमा हल्ला हँुदा पनि कीट प्रकोप नियन्त्रणका लागि ध्यान किन दिइएन भनी प्रश्न गरिन् । 
 
काङ्ग्रेसकै सञ्जयकुमार गौतम, तेजुलाल चौधरी, सुजाता परियारलगायतले डेङ्गु प्रकोपबारे सरकारले स्पष्ट जवाफ नदिएको भन्दै स्वास्थ्य मन्त्रालय र स्वास्थ्यमन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए । 
 
सांसद गगन थापाले काठमाडौँकै एक विद्यालयका प्रधानाध्यापकले सुत्केरी महिलालाई बिदा नदिएर अमानवीय व्यवहार गरेको विषय आपत्तिजनक छ भन्दै त्यसमा संलग्नलाई कानूनी कारबाही गर्न माग गरे ।