मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

जीवन यस्तो होस

जीवन यस्तो होस


खुला आकाश होस
उन्मुक्त उडान होस
न छोडेको ठॉउको
मोह होस
न पुग्ने ठॉउको
अपेक्षा होस
 
यस्तो होस यात्रा
जस्मा केवल होस
आनन्द उडानको
हरक्षण हरपल
जीवन अतिरेक होस
 
बॉध्ने
कुनै खॉबो
कुनै किलो नहोस
तान्ने
कुनै डोरी नहोस
जगतको अस्तीत्व
गौण होस
जीवन ले मात्रै
श्रेष्ठता पाओस
कोलाहल कतै नसुनीयोस
अप्रिय केही नदेखीयोस
 
ताप र चाप
रगतको पनि नहोस
समय रोकीयोस
ऑखाले बाहिर भन्दा
भीत्र धेरै हेरुन
र देखुन रेशा रेशा जीवनका
 
मायॉ प्रेम र
राग द्वेश मेटीयोस
क्षुधा केहीको नहोओस
पछाडी फर्केर
हेर्न नपरोस
अगाडी हेर्नु पर्ने
कारण नहोस
सीमा बन्धन केहिको नहोस
जीवन यस्तो होस