मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्थानीय तहले जनताको मन जितेमात्र सरकार सफल हुन्छ : मुख्यमन्त्री पौडेल

स्थानीय तहले जनताको मन जितेमात्र सरकार सफल हुन्छ : मुख्यमन्त्री पौडेल


हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहले सबै तहका सरकारको प्रतिनिधित्व गर्दै सर्वसाधारणकोे विश्वास जित्नुपर्ने बताएका छन् । 
 
बुधबार मकवानपुरको भीमफेदी गाउँपालिकाको कार्यालय भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले स्थानीय तह सफल भएमात्र समग्र सरकार सफल हुने र जनताको राज्यप्रति विश्वास बढ्ने धारणा राखे । 
 
स्थानीय तहले दुई वर्षमा पनि जनताको विश्वास जित्न नसकेको उनको भनाइ थियो । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै हुने गरेकोले जनता निरास हुँदै गएको भन्दै उनले इमान्दारिताका साथ जनताको काम गर्न आग्रहसमेत गरे ।  
 
मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक र चिरपरिचित थलोका रुपमा रहेको भीमफेदी बजारलाई विगतका झैँ चहलपहलयुक्त बनाउन योजना प्रस्तुत गर्न अनुरोध गरे । उनले भीमफेदीलाई मकवानपुरका ऐतिहासिक र पर्यटकीय सहरका रुपमा विकास गरिनुपर्ने बताए । 
 
कार्यक्रममा मकवानपुर जिल्लाका समन्वय समितिका प्रमुख रघुनाथ खुलालले ठेकेदारका कारण समयमा काम सम्पन्न गर्न नसकेर हैरान हुनुपरेको बताउँदै ठेकेदार कम्पनीलाई समयमा काम सक्न अनुरोध गरे । उनले नवनिर्मित भवनका लागि आठ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएको र समितिमा मौज्दात रकम कोषबाट रु एक करोड उपलब्ध गराउने जानकारी दिए ।  
 
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हृदम लामाले रु ११ करोडको लागतमा चारतले गाउँपालिका भवन निर्माण गरिएको बताउँदै काठको पोलमुक्त भीमफेदी र हरेक घर बिजुलीयुक्त बनाउने काम धमाधम भइरहेको बताए । गाउँपालिकाले सामाजिक विकाससँगै आर्थिक विकासको काम पनि अघि बढाएको उनको भनाइ थियो ।