मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले संविधान तोडमोड गर्न खोज्यो : महामन्त्री कोइराला

सरकारले संविधान तोडमोड गर्न खोज्यो : महामन्त्री कोइराला


नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले संविधानलाई नै तोडमोड गर्न खोजेको आरोप लगाएका छन् । 
 
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको तेस्रो वार्षिक साधारण सभाको आज गैँडाकोटमा उद्घाटन गर्दै उनले कांग्रेस यसमा सतर्क रहेको बताए । 
 
महामन्त्री कोइरालाले भने, “तपाइँहरुको साथ र सहयोग रह्यो भने हामी संविधानलाई तोडमोड गर्न दिदैनौं । जननायक बीपी कोइरालाले २०१२ सालमा नेपालमा संविधानसभामार्फत बनेको संविधान चाहिन्छ भनेको प्रसङ्ग उल्लेख गर्दै उनले संविधानसभाबाट ल्याइएको संविधानलाई केरमेट हुन कांग्रेसले किमार्थ नदिने बताए । 
 
सो अवसरमा गैँडाकोट नगरपालिकाका प्रमुख छत्र पौडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेल, महासङ्घका सल्लाहकार प्रभाकर पण्डित, प्रा डा हरिहर पोखरेल, देवेन्द्ररत्न शाक्यलगायतले बोलेका थिए । 
 
महासंघका अध्यक्ष तिलाबहादुर जिसीको सभापतित्वमा भएको साधारण सभामा देशभरमा पार्टी प्यालेस सञ्चालन गरेका १५० जना सदस्यको सहभागिता रहेको थियो ।