मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नोभेम्बरमा टिएनएमएले गाला नाइट आयोजनना गर्दै

नोभेम्बरमा टिएनएमएले गाला नाइट आयोजनना गर्दै


ड्यालस (अमेरिका)– अमेरिकामा रहेका नेपालीमुलका चिकित्सक तथा स्वास्थकर्मीहरुको संस्था ‘टेक्सस नेप्लिज मेडिकल एसोसिएसन (टिएनएमए)’ ले स्वास्थ शिवीर तथा अन्य सेवामुलक कार्यक्रमलाई अझै प्रभावकारी र विस्तार गर्न आउँदो नोभेम्बर १६ मा ‘गाला नाइट’ कार्यक्रम गर्ने भएको छ ।
 
टिएनएमएले नेपाली समाज टेक्ससको सहयोगमा हरेक दुई महिनाको अन्तरमा ड्यालसमा स्वास्थ शिवीर आयोजना गर्दै आएको छ । शिवीरमा स्वास्थ बीमा सुविधा नभएका, नेपालबाट आएका अभिभावकहरु, तत्काल स्वास्थ संस्थाहरुमा जान नसक्ने अवस्थामा रहेका धेरै नेपालीहरुले सुविधा पाउँदै आएका छन् ।
 
यो शिवीरलाई अझै व्यबस्थित, आवश्यक उपकरणयुक्त र दीगो बनाउन नोभेम्बर १६ तारिक साँझ गाला डिनर आयोजना गर्न लागिएको टिएनएमएले जनाएको छ । गाला डिनरमा सहभागीहरुलाई एकजनाको ६० डलर र जोडीले एकसय डलर सहयोग शुल्क राखिएको छ । 
 
ग्रेपभाइनको एम्बेसी स्विट हिल्टन साँझ ६ देखि राति १२ बजेसम्म कार्यक्रम हुनेछ । सांस्कृतिक कार्यक्रम सहित हुने गाला नाइटमा सहभागी भएर स्वास्थ सेवाको कार्यक्रम अझै प्रभावकारी बनाउन टिएनएमएले नेपाली समुदायसँग अपिल गरेको छ ।
 
टेक्ससमा ठूलो संख्यामा नेपालीमुलका डाक्टर, नर्सहरु छन् । नेपाली समुदायमा स्वास्थ शिक्षा, शिवीरलाई अझै प्रभावकारी र व्यबस्थित गराउन टिएनएमए गठन भएको हो ।