मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतन्त्रका नाममा कम्युनिस्ट र कांग्रेसले लुटे : कमल थापा

लोकतन्त्रका नाममा कम्युनिस्ट र कांग्रेसले लुटे : कमल थापा


हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालका कम्युनिस्ट र कांग्रेसले लोकतन्त्रको नाममा आवरणमा लुटतन्त्र मच्चाएको बताएका छन् ।  
 
गृहजिल्ला मकवानपुरका प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा पूर्वउपप्रधानमन्त्री थापाले नेपालमा ठूला नेता, ठूला कर्मचारी र ठूला व्यापारीको त्रिकोणात्मक गठबन्धनले ठूला–ठूला काण्ड हुने गरेको आरोप लगाए ।
 
यस्ता काण्डमा कांग्रेस र कम्युनिस्टका शीर्ष नेताहरुकै हात रहेको उनको दाबी छ । 
 
थापाले नेपालमा सेटिङ मिलाएर अनियन्त्रितरुपमा भ्रष्टाचार भइरहेको बताए । उनले नेकपा र कांग्रेस दुवै सरकार सञ्चालनमा असफल भइसकेको भन्दै आगामी चुनावमा राप्रपा बलियो शक्तिको रुपमा आउने ठोकुवा गरे ।