मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न निवेदन

रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न निवेदन


हेटौँडा । उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा आरोपित अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने निवेदन दर्ता गरेको छ । 
 
सोमबार उच्च अदालत पाटन, हेटौँडा इजलासमा उच्च सरकारी वकिल कार्यालय हेटौँडाले  निवेदन दिएको उच्च अदालत हेटौँडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए ।   निवेदन उपर मंगलबार सुनुवाइ हुनेछ ।
 
यसअघि धरौटीमा रिहाइ भएका लामिछाने र कँडेलले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध निवदेन दर्ता गराएका थिए ।  
 
पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः पाँच र तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।