मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्टिनमा आउँदो सप्ताहप्त पासपोर्ट शिविर हुँदै

अस्टिनमा आउँदो सप्ताहप्त पासपोर्ट शिविर हुँदै


अस्टिन (टेक्सस)– टेक्ससको अस्टिनमा आउँदो साता नेपाली पासपोर्ट शिविर हुने भएको छ ।
 
ग्रेटर अस्टिन नेपाली सोसाइटीको आयोजना तथा नेपाली दूतावास वासिङटन डिसीको सहयोगमा आउँदो सेप्टेम्बर १४ र १५ तारिक अस्टिनमा एमआरपी पासपोर्ट शिविर हुन लागेको हो । शिविरमा नयाँ पासपोर्ट लिने, नविकरणका कार्यहरु हुनेछन् । 
 
नेपाली पासपोर्टको म्याद सकिएका र पासपोर्ट हराएकाहरुका निम्ति यो सुनौलो अवसर हुनेछ । नेपाली पासपोर्ट शिविर शनिबार र आइतबार बिहान ९ देखि बेलुकी ५ बजेसम्म हुनेछ । 
 
सोही क्रममा नेपाली राजदुत अर्जुनकुमार कार्कीको समेतको सहभागितामा सेप्टेम्बर १४ तारिक अपरान्ह ४ देखि ७ बजेसम्म सेडार पार्क रिक्रियसन सेन्टरमा अन्तरकृया कार्यक्रम हुने ग्रेटर अस्टिन सोसाइटीले जनाएको छ ।