मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वैदिक विद्या भवनमा महावाणिज्यदूत लामिछानेको अवलोकन

वैदिक विद्या भवनमा महावाणिज्यदूत लामिछानेको अवलोकन


भरतपुर । भरतपुर १८ गुञ्जनगरस्थित परमानन्द स्मृति वैदिक विद्या भवन गुरूकुलबारे चासो राख्दै लक्जम्बर्गका अवैतनिक महावाणिज्यदूत श्रीराम लामिछानेले अवलोकन गरेका छन् । 
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउट तथा गाइड फेलोसिपका प्रमुख एवम् लक्जम्बर्गका अवैतनिक महावाणिज्यदूत श्रीराम लामिछानेले गुरूकुल शिक्षाको महत्व दर्शाउँदै २५ हजार १११ रुपैयाँ प्रदान गरी गुरूकुलको गुठियार (सञ्चालक) बनेका छन् । उनले गुरूकुलको सञ्चालनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 
 
देशका लागि अनुशासित र मर्यादित नागरिक उत्पादनमा गुरूकुलको भूमिका महत्वपूर्ण रहने विश्वास उनले व्यक्त गरे ।
 
सो अवसरमा नेपाल स्काउटका जिल्ला आयुक्त तीर्थराज न्यौपाने, जनप्रिय पब्लिक स्कुलका प्रिन्सिपल भानु अर्याल, मिलन बोर्डिङ स्कुलका प्रिन्सिपल कीर्तिनिधि अर्याल, वैदिक धर्म परिषद् पश्चिम क्षेत्रका अध्यक्ष जगन्नाथ कँडेल, गुरूकुलका सञ्चालक समितिका अध्यक्ष खेमनाथ सुवेदी, पूर्वअध्यक्ष मोतीलाल ढकाललगायतले गुरूकुल सञ्चालनमा सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।