मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्काउटको राष्ट्रिय भावना र सामाजिक उत्तरदायित्व सराहनीय : सांसद खनाल

स्काउटको राष्ट्रिय भावना र सामाजिक उत्तरदायित्व सराहनीय : सांसद खनाल


चितवन । नेपाल स्काउट तथा गाइड फेलोसिफ (एनएसजीएफ) को चौँथो साधारण सभा सौराहास्थित चितवन पार्क कटेजमा सुरू भएको छ ।
 
कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै पूर्वआयुक्त पुष्पलता भट्टराईले नेपाल स्काउटको अभिभावक संस्थाका रुपमा एनएसजीएफले सधैँ उत्तरदायित्व निर्वाह गर्न मार्गनिर्देश गरेको बताइन् ।
 
संस्थाका अध्यक्ष श्रीराम लामिछानेको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा प्रदेशसभा सांसद् एव्म प्रमुख अतिथि कृष्णप्रसाद खनालले नेपालमा धेरै संस्था जन्मिने र हराएर जाने गरेको सन्दर्भमा स्काउटले राष्ट्रिय भावना र सामाजिक उत्तरदायित्वका विषयमा गरेको भूमिका सराहनीय रहेको बताए । 
 
उनले विपद् व्यवस्थापनलगायत सामाजिक उत्तरदायित्वसँगै नव नेपाल निर्माणमा पनि सहयोगी भूमिका खेल्न आग्रह गरे ।
 
यस्तै, अर्का प्रदेश सांसद् एवम् प्रमुख अतिथि मिलनबाबु श्रेष्ठले स्काउट भएर सामाजिक कार्य गर्दा जोकोहीलाई गर्वको महसुस हुने बताए । उनले अनुशासन र असल नागरिक बनाउन मार्गदर्शन दिने स्काउटको अविचलित यात्राबाट आफू प्रभावित बनेको बताए ।
 
जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले आफू विद्यार्थीकालदेखि नै स्काउटबाट दीक्षित रहेको बताउँदै असल नागरिक र सभ्य समाज निर्माणमा युवापिंढीलाई डो¥याउन स्काउटको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
 
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ ‘गोपी’, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ईश्वर सिंखडा, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीलगायतले मन्तव्य राखेका थिए ।  
 
स्काउटका जिल्ला आयुक्त तीर्थराज न्यौपानेले साधारण सभामा एनएफजीफले गरेका कार्यक्रमबारे चर्चा गर्दै एनएसएफका अध्यक्ष एवम् विश्व स्काउट संगठनका पूर्व सबकमिटी अध्यक्ष गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रवल जनसेवाश्री तेस्रो एवम् स्काउट संगठनको सर्वोच्च पदक ब्रन्ज उल्फबाट विभूषित भएकोमा संस्थाको गरिमा बढेको बताए । उनले साधारण सभा आइतबार सम्पन्न हुने जानकारी दिए ।