मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिंगापुरबाट फर्किए प्रधानमन्त्री, नियमित काममा फर्किने

सिंगापुरबाट फर्किए प्रधानमन्त्री, नियमित काममा फर्किने


काठमाडौँ । दुई साता लामो स्वास्थ्य उपचार गरी प्रधानमन्त्री ओली शुक्रबार सिंगापुरबाट स्वदेश फिर्ती भएका छन् । प्रधानमन्त्रीले विमानस्थलमा कुनै प्रतिक्रिया नदिए पनि उनको स्वास्थ्य सामान्य रहेको उनका निजी चिकित्सकले जनाएका छन् । 
 
गत भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए ।
 
त्यसअघि ओली १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । र, २७ साउनमा फर्किएका थिए ।  
 
प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार चिकित्सक डा दिव्या सिंह शाहले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छन् । डा शाहले जारी गरेको विज्ञप्तिमा शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयुएचमा पूरा भएको छ । अब प्रधानमन्त्रीले नियमित कामलाई निरन्तरता दिन सक्ने जनाइएको छ । 
 
सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका ओलीको ०६४ साउनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले नियमितरुपमा औषधि सेवन गर्दै आएका छन् ।