मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा पञ्चदान सम्पन्न

ड्यालसमा पञ्चदान सम्पन्न


 

ड्यालस (टेक्सस) – बुद्ध धर्म संस्कृतिमा निकै महत्वका साथ लिइने पञ्चदान कार्यक्रम ड्यालसमा सम्पन्न भएको छ ।

नेप्लिज बुद्धिस्ट एसोसिएसन टेक्ससको अायोजनामा भएको कार्यक्रममा पञ्चदान ग्रहणका लागि २८ जना गुरूहरूको सहभागिता थियो ।

संस्थाका महासचिब निरज बज्राचार्यको संचालनमा भएको पञ्चदान कार्यक्रममा दानशालाको स्थापना गरि नेपाल मण्डलका प्रबजीत शाक्य तथा बज्राचार्य गुरुजूहरुलाई आमन्त्रण गरिएको थियो । कार्य्रक्रममा डालसमा रहेका नेपाली समुदायहरुको बाक्लो उपस्थिति थियो ।

यो दान पर्बमा गुरु भाजु उत्तम बज्राचार्य लगाएत सम्पूर्ण पाल्नु भएका शाक्य तथा बज्रचार्य गुरुबाट दान गाथाको बाचन गरी पंचदान ग्रहण गर्नुभएको थियो । पंचदान पर्वको आयोजना प्रत्यक वर्ष गरिदै आएको छ ।

युलेस निबासी महेन्द्र मानन्धर द्वारा चार बर्ष पहिले आफ्नो घरबाट पंचदानको सुरुवात भएको थियो । हरेक बर्ष पन्चदान ग्रहण गर्ने र दान दिने दानीहरुको संख्या वृद्धि हुदै गएको कारणले यो बर्ष देखि यो कार्यक्रमलाइ संस्थागत गरिएको नेप्लिज बुद्धिस्ट असोसिएसन, टेक्सासका उपाध्यक्ष शैलेन्द्र मानन्धरले जानकारी दिनुभयो ।

पंचदान कार्यक्रममा नेप्लिज बुद्धिस्ट एसोसिएसनका सदस्य दिव्या बज्राचार्यले पंचदान पर्बको प्रारम्भ र यसको महत्वको बारे प्रकाश पार्नु भएको थियो । संस्थाका सदस्य महेन्द्र मानन्धरले यो पर्ब सर्बप्रथम सुरु कसरि गरियो भनेर आफ्नो अनुभब चाख लाग्दो तरिकाले बयान गर्नु भएको थियो । कार्यक्रमको अन्तिम चरणमा ज्ञानमाला भजन समुहका तर्फबाट बुद्ध भजन प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अन्तिममा नेप्लिज बुद्धिस्ट एसोसिएसनका अध्यक्ष स्वयम्भु राज शाक्यले सहभागी सबैलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।