मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको मिजौरी सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

अमेरिकाको मिजौरी सडक दुर्घटनामा तीन नेपालीको मृत्यु


हिमालयखवर संवाददाता
अमेरिका- मिजौरीको इन्टस्ेटट ४४ मा मंगलवार भएको सडक दुर्घटनामा तीन जना नेपालीले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा श्रद्धा खनाल ओझा र उनका  परिवार भएको स्थानिय जोप्लिन पुलिस डिर्पामेण्टले जनाएको  छ ।
 
दुई कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त कार प्रभास ओझाले चलाएका थिए । श्रद्धा सहित कारमा सवार उनका बाबु (गोविन्द खनाल), आमा (शान्ता खनाल ) दुर्घटना स्थलमै मृत्यु भएको परिवार निकट स्रोतले जनाएको छ ।
 
गम्भिर घाइते चालक प्रभास र अर्का एक जनालाई भने प्रहरीको उद्दार टोलीले उपचारका लागि स्थानिय अस्पतालमा लगेको थियो । उनको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले हिमालयखवरलाई जानकारी दिएको छ।
 
उक्त दुर्घटनामा एउटै नेपाली परिवार परेको सम्वन्धित परिवारका सदश्यले जनाएका छन् मंगलवार दिउसो करिव ३ बजे प्रिगमोर एभेन्यूमा दुई गाडी ठोकिएर गम्भिर दुर्घटना भएको जानकारी प्राप्त भएपछि प्रहरीको गम्भिर सडक दुर्घटनासंग सम्वन्धित उद्धार टोली त्यहां पुगेको थियो । प्रहरीले उक्त सडक केही घण्टा वन्द गरेर दुर्घटनामा पर्नेको उद्दार गरेको थियो । तस्बिर: श्रद्धा खनाल ओझाको फेसबुक वालबाट