मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जम्मु काश्मीरका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले भने- भारतको आन्तरिक मामिला

जम्मु काश्मीरका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले भने- भारतको आन्तरिक मामिला


काठमाडौँ । सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मु काश्मीरबाट संविधानको धारा ३७० निस्तेज गर्ने कार्य भारतको आन्तरिक मामिला भएको बताएका छन् । नयाँ दिल्लीमा आधारित एशियन न्यूज इन्टरनेसनल (एएनआई)ले माल्दिभ्सको मालेबाट पठाएको समाचारमा परराष्ट्रमन्त्रीले सो कुरा बताएका हुन् । 
 
ज्ञवालीको भनाइ पाकिस्तानका लागि एकपछि अर्को झड्का भएको सो समाचारमा उल्लेख गरिएको छ । हिन्द प्रशान्त सम्मेलनमा भाग लिन गएका परराष्ट्रमन्त्रीले सो कुरा सम्मेलनको साइडलाइनमा एएनआर्इसँगको कुराकानीका क्रममा बताएको समाचारमा उल्लेख छ । 
 
संविधान परिवर्तन गर्ने कुरा वास्तवमा नै भारतको मामिला भएको र त्यसमा आफूहरुको कुनै कमेन्ट नरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताएको समाचारमा उल्लेख छ । सो क्षेत्रमा रहेका नेपालीका बारेमा सरकारको चासो रहेको बताउँदै मन्त्री ज्ञवालीले उनीहरु सुरक्षित रहेकोमा आफूहरु खुसी भएको जनाएका छन् । 
 
नेपालको मुख्य चासो भनेको सो क्षेत्रमा काम गर्ने नेपाली भएको उल्लेख गर्दै परराष्ट्रमन्त्रीले उनीहरुलाई कुनै समस्या नभएकोले आफूहरु खुसी भएको उल्लेख गरेका छन् । उनले भारत सरकारसँगको निकटको संयोजनमा रहेर उनीहरुको सुरक्षा मामिलाका बारेमा आफूहरुले बुझिरहेको  जनाएका छन् । 
 
उनले पाकिस्तान र भारतबीचको तनाव मत्थर भएर जानेसमेत आशा व्यक्त गरेका छन् । ‘‘दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अहिलेको अध्यक्षको हिसाबले सहमतिबाट विवादको समाधान गर्न हामी सदस्य राष्ट्रहरुलाई आग्रह गर्दछौं,” परराष्ट्रमन्त्रीलाई उद्यृृतगर्दै समाचारमा भनिएको छ, ‘‘तनाव बढ्नु समस्याको समाधान होइन । भनिरहनु पर्दैन कि द्वन्द्व सबैभन्दा खराब विकल्प हो । जसलाई सबै राष्ट्रले इन्कार गर्नुपर्छ ।’’ 
 
उनले कुनै आशाको किरण हुनसक्ने जनाउँदै त्यसले तनाव कम गर्ने र यो क्षेत्रमा शान्ति र स्थिरताका लागि सहमतिको सुरुवात हुने अपेक्षासमेत परराष्ट्रमन्त्रीले व्यक्त गरेका छन् । (एजेन्सीको सहयोगमा)