मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुर्खेतमा भीरबाट लडाएर गरिएको गौ हत्याको सर्वत्र विरोध

सुर्खेतमा भीरबाट लडाएर गरिएको गौ हत्याको सर्वत्र विरोध


चितवन । हालै सुर्खेतमा ३०० को संख्यामा गाई तथा गोवंशको भीरबाट लडाएर हत्या गरिएको विषयलाई लिएर देशका विभिन्न ठाउँहरुमा विरोध भइरहको छ । विरोध गर्नेहरुले सुनियोजित ढंगबाट हत्या गरिएको आरोप लगाएका छन् । 
 
नेपालगञ्ज, चितवन, पोखरा, काठमाडौँ, नवलपरासी, रुपन्देही, सुर्खेतलगायतका धेरै ठाउँहरुमा यस प्रकारको कार्यको घोरभत्र्सना गर्दै नाराजुलुस तथा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कामहरु भइरहेका छन् । 
यसै क्रममा गौ संरक्षणका अभियन्ता ज्योतिष पं वैद्यराज दीपक सुवेदीले एक भिडियो विज्ञप्तिमार्फत यस प्रकारको गोवंशको कार्यले आफूलाई आहत बनाएको बताएका छन् । 
 
चितवनबाट योगी नरहरिनाथ वागीश्वरी गौशाला तथा देवघाट विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले गौ हत्याको विरोधमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र दिने र विरोधसभा गर्ने कार्यक्रमहरु भइरहेको बताएका छन् ।      
 
गोवंशको हत्याको धार्मिक संघसंस्था, सामाजिक संघसंस्था, प्राणी हितको पक्षमा आवाज उठाउने निकायहरुले विरोध गरिरहेका छन् । केही वर्षदेखि देशका विभिन्न स्थानमा सुनियोजितरुपमा गाईगोरु तथा बाच्छाबाच्छीको हत्या हुने कार्य बढ्दै गएको छ । 
 
यही कुरालाई दर्शाउँदै गौ संरक्षणका अभियन्ता दीपक सुवेदीले आफ्नो अभिव्यक्तिमा  सामान्य जीवजन्तुको पनि संरक्षण हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता र अभियान चलिरहेको अवस्थामा गोवंशको यसरी षड्यन्त्रपूर्वक नियोजित तरिकाबाट हत्या गरिनु मानवसभ्यता एवम् राज्यकै उपहास भएको बताएका छन् । 
 
गोवंशको हत्याको सानो विरोधले सरकारले नसुन्ने हुँदा विगतका वर्षमा झैँ गोवंशको संरक्षणको लागि विशेष कार्ययोजना हुनुपर्ने उनको भनाइ छ । त्यस प्रकारको कार्ययोजना आफूसँग भएकोले धार्मिक संघसंस्था, नागरिक समाज, राज्य एवम् सरकार र सम्बन्धित निकायले चाहेको खण्डमा उपयुक्त ठाउँमा विधिपूर्वक त्यो कार्ययोजना पेस गर्न आफू तयार रहेको उनले बताएका छन् । 
 
नवलपुर, नवलपरासी, कञ्चनपुर, कास्कीलगायतका ठाउँमा गिद्धको संरक्षण गर्ने नाममा गाईलाई मारेर गिद्धलाई खुवाउने कामसम्म भएको पाइएको र केही समययता कैलाली कञ्चनपुर जिल्लामा पनि यस्तै तरिकाले ठूलो संख्यामा गाईगोरु बाच्छाबाच्छी मार्ने काम भएको उनको आरोप छ । 
 
बर्सेनि गाई मारिँदा पनि राज्यले खासै चासो नदेखाउनुको पछाडि गाईवस्तुको व्यवस्थापन गर्न सरकारलाई टाउको दुखाइ भइरहको बुझिन्छ । एक किसिमले गाईक्षेत्र राज्यलाई घाँडो भइरहको देखिन्छ । यस्ता गतिविधिले राज्यका निकायहरुले गाईवस्तुको सहज व्यवस्थापनको उपाय नअपनाउनु दुखद रहेको उनले बताएका छन् ।