मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रेशम चौधरीलाई मुद्दा चलाउनु गलत : मोहन वैद्य

रेशम चौधरीलाई मुद्दा चलाउनु गलत : मोहन वैद्य


बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई मुद्दा चलाउनु गलत भएको बताएका छन् ।
 
टीकापुरमा सम्पन्न भएको थारुहट सम्मेलनबाट फर्किएपछि बुटवलमा सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष वैद्यले सो कुरा बताएका हुन् । 
 
उनले टीकापुर घटना राजनीतिक भएकाले यसको समस्या राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने धारणा राखेका छन् । अध्यक्ष वैद्यले भने – ‘ सरकारले रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् ।’
 
थारुहट सम्मेलनबाट सहभागिपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका वैद्यले थारु सामुदाय सामन्तवादको चेपुवामा पर्दै गर्दा कोही नबोलेको बताए । साथै अध्यक्ष वैद्यले वर्तमान सरकारको काम कारबाही शंकास्पद भएको टिप्पणी गरे । उनले परराष्ट्र र कूटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको उनको दाबी गरे ।
 
सरकारको पछिल्ला क्रियाकलापले कम्युनिष्टको बदनाम भएको पनि उनले बताए ।  साथै उनले अमेरिकाको इण्डो प्यासिफिकअन्तर्गत सैन्य साझेदारी रणनीतिमा वर्तमान सरकारको भूमिका शंकास्पद देखिएको औंल्याए ।