मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको वार्षिक साधारण सभा आउँदो सेप्टेम्बर १४ तारिखमा वासिङ्टन डिसिमा हुँदैं

तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको वार्षिक साधारण सभा आउँदो सेप्टेम्बर १४ तारिखमा वासिङ्टन डिसिमा हुँदैं


अमेरिका । तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको आउँदो सेप्टेम्बर १४ र १५ तारिखमा बिहान ९ :०० बजे वासिङ्टन डिसिमा वार्षिक साधारण सभा शुरु हुने भएको छ।
 
तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको वार्षिक साधारण सभामा समाजका सल्लाहकार,विधान समितिका पदाधिकारीहरु,कार्य समितिका पदाधिकारीहरु ,आवद्ध संस्थाका प्रतिनिधिहरुलाई सहभागिताको लागि निमन्त्रणा गरिसकेको जानकारी संस्थाको महासचिव डोल्मा लामाले दिएकी छिन् ।
 
सो वार्षिक साधारण सभाको संयोजक तामाङ सोसाईटी अफ नर्थ अमेरिका वरिष्ठ उपाध्यक्ष ,शेर लामा र व्यवस्थापन पक्षमा  तामाङ सोसाईटी अफ ग्रेटर डिसि अमेरिका अध्यक्ष उत्तर दोङ तामाङ रहेका छन् र सबैले सक्रियताका साथ लागिरहेका छन् ।
 
यस संस्थाले स्थापना कालदेखि नर्थ अमेरिकामा विभिन्न सभा,समारोह आफ्नो हक़ हितका लागि अमेरिकामा स्थापित तामाङ संघसंस्थाहरुलाई गोलवद्ध,सहकार्य गर्दै  तामाङ एवं  अन्य नेपाली समुदायका सामुदायिक संघ संस्थाहरुसंग  समन्वय -सहकार्य गर्दै छोटो समय भित्र नेपाली डायस्पोरामा छुट्टै पहिचान कमाउन सफल भएका छन् ।
 
तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको पदाधिकारीहरुको अवधी आगामी सन् २०२१ सम्म ३ वर्ष कार्यकाल रहेको छ र यो पहिलो बार्षिक साधारणसभा हो । तामाङ सोसाईटी अफ नर्थ अमेरिकाको कार्यसमितिका सम्पुर्ण पदाधिकारी एंव सदस्यहरु, सल्लाहकारहरु र अग्रज हरुलाई यसै जानकारी मार्फ़त पनि सबैलाई उपस्थित हुन अनुरोध गर्दै यस साधारणसभामा विशेष गहन एजेण्डाहरुमा घनीभूत छलफल गरि निर्णय गरिने जानकारी संस्थाको अध्यक्ष लाक्यान लामाले दिएका छन् ।