मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा सूदुर-पश्चिमेली नेपालीले धुमधामसँग मनाए गौरा पर्व

अमेरिकामा सूदुर-पश्चिमेली नेपालीले धुमधामसँग मनाए गौरा पर्व


टेक्सस (अमेरिका)  । नेपालको मध्य तथा सूदुरपश्चिममा भाद्र पंचमीबाट सुरु गरिने गौरा पर्व अमेरिकाको टेक्सास राज्यको डालसमा पनि अाइतबार भव्यताका साथ सम्पन्न भएको छ ।
 
मध्य तथा सूदुरपश्चिम नेपालबाट आएर डालस फोर्थ वर्थमा वसोवास गरिरहेका सुदुरवासीहरुले भगवान शिव-पार्वती र गणेशको बिशेष पुजा गरी बिधिवत रुपमा गौरा पर्व मनाएका हुन् । नेपालको प्रदेश छ र सातका महिलाहरुले आफ्नो  सौभाग्य र सम्वृध्दिका लागि मनाईने यस लोकप्रिय गौरापर्वलाई सुदुरबासीहरुले बिगत बर्ष देखि अमेरीकाको ड्यालासमा रहेको नेपाली मन्दिरमा भव्यरुपमा मनाउदै आएका छन । पंचमीको दिनमा पंञ्चान्नको बिरुडा (गहूँ, केराउ, गहत, मास, गुराँस) भिजाई प्रसादको रुपमा ग्रहण गरिने यस पर्वमा अष्टमीको दिन गौरादेबी (पर्वती) लाई गौराघरमा भित्र्याई करिव एक सातासम्म प्रदेश छ र सातमा यस पर्वलाई धुमधामसंग मनाईने चलन रहेको सूदुरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष प्रेम शाहीको भनाई छ । 
 
नेपाली मौलिक संस्कृतिको संरक्षणमा जुटेका मध्य तथा सूदुरपश्चिमवासीले गौराका मंगल फागहरु गाउँदै गौरा देवीको बिधिवत स्थापना गरी मनाएका हुन जसमा गौरा देबीको नाच, सुदूरपश्चिमी लोकनृत्यहरुका साथै लोकपृय देउडा गीतबाट सवैलाई मनोरन्जन दिई नेपालबाट टाढाको अमेरिकी भूमीमा समेत आफ्नो पहिचान सहितको सांस्कृतिक साईनो गास्न सफल भएकोमा अस्टिन देखि गौरा पर्व मनाउन आएका गैरआवासीय नेपाली संघका अमेरीका बोर्डआफ डाईरेक्टरले पदम ठकुराठीले यस किसिमको उल्लेखनिय कामको प्रसंसा गर्नु भयो । 
 
सुदुरपश्चिम नेपाली समाज टेक्सस र नेपाली मन्दिरको आयोजना तथा नेपाली समाज टेक्ससको बिशेष सहयोगमा सम्पन भएको कार्यक्रममा सूदुर पश्चिमको कला र संस्कृतिको प्रत्यक्ष अवलोकन गर्ने यस अवसरमा प्रवासमा पनि सूदुरवासिले लोकपृय देउडा गीतका भाकाबाट सबैलाई झुमाउन सफल भएका थिए  ।